गैरसरकारी संस्थाबाट प्रदान हुने सेवा व्यवस्थित गर्ने नीति लिइने : मन्त्री कोइराला

Aasha koirala

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताए ।

रिपोर्टस क्लबले सामबार आयोजना गरेको साक्षात्कारमा उनले भने – ‘ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।’

मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित र नियमन गरिने बताउँदै महिला बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि मन्त्रालयले ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिए ।

महिला विरुद्धको अपराध न्यूनिकरणका लागि सरकार गम्भीर रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक, आपाङ् र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गराउनेतर्फ आफूले सक्दो पहल गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...