बाढीमा मृत्यु भएका परिवारलाई २५ हजार राहत प्रदान

Money count

गौशाला । महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका ९ जनामध्ये २ जनालाई आइतबार २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई २ लाखका दरले घोषणा गरेकामा हाल २५ हजार तत्काल राहतस्वरुप पठाएकामा २ जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आइतबार बाढीमा ज्यान गुमाएका जलेश्वर नगरपालिका– २ का १५ वर्षीय बिक्कीकुमार ठाकुर र पिपरा गाउँपालिका– ६ का आठ वर्षीय रितेश सदाका अभिभावकलाई २५ हजारका दरले राहत उपलब्ध गराउनुभयो ।

यसबाहेक अन्य बाँकी मृतक ७ जनाको परिवारलाई पनि आज तत्काल राहतस्वरुप २५÷२५ हजार प्रदान गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

साथै बाँकी रहेका १ लाख ७५ हजार सरकारले पठाउनेबित्तिकै जिल्ला प्रशासनले पीडितलाई उपलब्ध गराउने प्रजिअ श्रेष्ठले बताए ।

यसैगरी एलायन्स फोर डिजास्टर रिलिफले महोत्तरीका ३ सय १५ जना बाढीपीडितलाई राहत वितरण गरेको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीबाट प्रभावित भएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रका विभिन्न तीन वटा वडाका ३ सय १५ जनालाई सो संस्थाले राहत वितरण गरेको हो ।

सो संस्थाले जलेश्वर नगरपालिका वडा नं २ का १ सय ५४ जना, वडा नं ८ का ५६ जना र वडा नं ३ का १ सय ५ जना अति पीडितलाई राहत वितरण गरेको छ ।

बाढीबाट अन्नपात बगाएर खानलाई समस्या भइरहेका तीनवटै वडाका पीडितलाई सो संस्थाले चामल, दाल, नून, तेल, आलु, प्याज, जीवनजल र झुल वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...