लायन्सले बीस परिवार बाढी प्रभावितलाई घर बनाइदिने

Aa casa

चितवन । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ । 


करिब ५० लाखको लागतमा रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए । बाढीले सुकुम्बासीको २० घरमा क्षति पु¥याएकाले परियोजना सञ्चालन गरेर उनीहरुका लागि नयाँ घर निर्माण गर्न लागिएको उनले बताए ।


घर निर्माणमा रत्ननगर नगरपालिकाले जग्गा उपलब्ध गराइदिने घर निर्माणमा कम्तिमा दुई लाख सहयोग गर्नेको दाताको नाम राखिने जनाइएको छ । लायन्सका प्रतिनिधि विभिन्न सङ्घसंस्था तथा व्यवसायीबाट घर निर्माणमा योगदान हुनसक्ने लायन्स क्लब अफ चितवन राइनो सिटीले जनाएको छ ।


घर निर्माणसँगै सो क्षेत्रलाई वातावरणमैत्री बनाइने, घरसँगै सामुदायिक भवन तथा शौचालय बनाइने, बालबालिकालाई शिक्षा दिइने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने र आयस्रोतका लागि कोष स्थापना गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाइने जनाइएको छ

प्रतिकृया दिनुहोस