सप्तरीका बाढीपीडितलाइ संघसंस्थाद्वारा राहत वितरण

A124

राजविराज । सप्तरीका २ सय २५ जना घर परिवारलाई पाँच लाख ५५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, बाल्टिन, जग लगायतका राहत सामग्री विभिन्न संघसंस्थाद्वारा वितरण गरेको हो । 


सर्भाइबर्स नेपालले बिपी कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा नेपाल फर्मास्युटिकल्स प्रालि जीतपुर वीरगन्ज परिवार तथा सोही स्थानका समग्र ट्रेड युनियनले संयुक्तरुपमा छिन्नमस्ता गाउँपालिका ५ लोखरमका बाढी प्रभावित २०९ परिवारलाई साबुन र औषधि वितरण गरेको छ ।


नेपाल सरकार, अक्सफाम नेपाल, डिसिए नेपाल र कोशीपीडित समाजले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ इनरुवाका १७० परिवारलाई चामल, मुसुरो दाल, चना, सूर्यमुखी तेल, चिनी, नुन लगायतका खानेकुरा वितरण गरेको छ ।


देउरी भरुवाका ९५ परिवार र बेल्टा टोलका ४१ जना बाढीपीडित परिवारलाई राहतस्वरुप चाउचाउ, बिस्कुट, चुउरा, नुहाउने साबुन, झुल, तौलिया, लत्ताकपडा लगायतका सामग्री वितरण गरेको परिवार दलले जनाएको छ ।


पर्वत सेवा समाज नेपालको सहयोग तथा स्थानीय सेतु सामुदायिक मानवअधिकार मञ्चको संयोजनमा जिल्लाको महदेवा गाउँपालिकाका १०५ परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरेको छ ।


तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ स्थित बेल्ही टोलका २०० बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । शेर्पा अस्तुप गुम्बाले सहयोग गर्नुभएको राहतका सामग्री संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले बाढीपीडित प्रतिपरिवारलाई २५ किलो चामल वितरण गरेको फोरम नेपालले जनाएको हो ।


सप्तरीको खड्ग नगरपालिका १ सिश्वा बेल्हीमा पुगेर विद्यार्थीले १८ परिवारलाई खाद्यान्न, लत्ताकपडा साथै अन्य उपभोग्य सामग्री वितरण गरेका छन् । बाढीबाट प्रभावित जिल्लाको दक्षिणी भेगमा पशु सेवा कार्यालय सप्तरीले आइतबार पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...