सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधी चौविसे गाउँपालिकालाई

Chaubise teem

धनकुटा । पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधी चौविसे गाउँपालिकाले हात पारेको छ ।

योसँगै सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भएको पाँचौ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिता सकिएको छ ।

आज धनकुटाको तल्लो टुढिखेलमा पाख्रीवास नगरपालिका र चौबिसे गाउँपालिकाबीच भएको फाइनलमा चौविसे गाउँपालिका ०–२ गोल अन्तरले विजयी हुँदै पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधी चौविसे गाउँपालिकाले हात पार्न सफल भएको हो ।

धनकुटाको तल्लो टुढिखेलमा भएको फाइनल खेलमा चौविसेका भुमिका मगर र सुशीला मगरले समान १/१ गोल गरे ।

सो जीतसँगै चौविसे गाउँपालिकाले नगद ६० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाख्रिबास नगरपालिकाले नगर ३० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारेको खेल संयोजक गोविन्द राईले बताउनु भयो ।

सो प्रतियोगितामा विधागततर्फ बेष्ट फरवर्डमा चौविसेकी भुमिका मगर, वेष्ठ मिड फिल्डमा पाख्रिबासकी किम गुरुङ, बेष्ट डिफेन्समा चौविसेकी समिक्षा घिमिरे, बेष्ट कोचमा चौविसेका रुपनलाल चेम्जोङ र बेष्ट किपरमा पाख्रिबासकी भावना मगर घोषित भए । उनीहरुले समान २/२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सो प्रतियोगिताका विजेताहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठ अकेला, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले पुरस्कारहरु वितरण गर्नुभयो ।

सो प्रतियोगितामा धनकुटाका ५ वटा पालिकाको सहभागिता रहेको थियो ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तमोर करिडोर अन्तर्गत धनकुटाको भगुवा खोलामा ट्याङकर दुुर्घटना हुँदा चालक घाइते

Tyankar accident

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ भगुवा खोलामा पानी बोक्ने खाली ट्याङकर दुुर्घट...