विषाक्त माछा खाँदा बारामा ३ जना दलित बालबालिकाको मृत्यु

Fish photo

बारा । माछा खाएर बिरामी भएका बाराका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका -७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरी ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो ।

आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएपछि उनीहरूलाई पेट दुख्ने समस्या भएको थियो । त्यसपछि तत्कालै स्थानीय क्लिनिकमा लगिएको थियो । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए । तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ ।

परिवारका बालबालिकाकी आमा, हजुरबुवा र हजुरआमाले त्यही माछा भात खाँदा उनीहरूलाई केही भएको छैन। गाउँका अन्यले पनि माछा किनेर खाँदा उनीहरूलाई केही असर नभएको उनले बताए ।

राम परिवारको घरमा खानतलासी गर्दा कुनै प्ररकारको विषादि फेला नपरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । बालबालिकाको बुवा भारतमा रोजगारीको सिलसिलामा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...