बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, १ सय २१ घर डुबानमा

Pahiro news

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सहित ४८ जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परेर काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सहित ५४ जना घाइते भएका छन् ।

बाढी(पहिरोमा परेकामध्ये कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी/पहिरोबाट कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् ।

बाढीका कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठुला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...