टुँडिखेलको भीडमा च्यापिदा घाइतेको संख्या १६ पुग्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

Tudhikhel vid

काठमाडौं । टुँडिखेलमा माघी मनाउने क्रममा च्यापिएर घाइते हुनेको संख्या १६ पुगेको छ । काठमाडौं महानगरपालिका (२२ टुँडिखेलमा आज थारु र मगर जातिहरूको माघी मेलाको भीडभाडमा च्यापिएर १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको दाबी छ ।

महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् ।

त्यसैगरी ५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर भएका छन् ।

 

प्रतिकृया दिनुहोस