राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ ११ गते मतदान हुने

Election communication

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

यसअघि आयोगको सिफारिसमा सरकारले माघ १३ गते राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो । उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवत आइतबार यसबारे निर्णय हुनेछ ।

आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ । राजनीतिक दल दर्ता भए पश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिनेछ भने पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस