एमालेको अवरोधपछि साउन १५ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित

Sansad abarudhdh

काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । एमालेको नारावाजीपछि साउन १५ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका थिए । त्रिभुवन विमानस्थलबाट सय केजी सुन तस्करी भएकोबारे उच्चस्तरीय छानबिन समिति गठनको मा गर्दै एमालेले संसद अवरोध गरेको थियो ।

एमाले सांसद् ठाकुर गैरेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने घोषणा गरे । प्रमुख सचेतक पदम गिरीले पनि कर्मचारीको सेटिङबाट मात्रै यति ठूलो परिमाणको सुन तस्करी नभएको बताउँदै यसमा उच्चस्तरीय छानबिन मागसमेत गरे ।

दोलखाका २० वर्षीय युवकको नाममा दर्ता रहेको रेडी ट्रेडले ३३ पटकसम्म कयौं क्विन्टल सुन भित्र्याउँदा पनि सरकार रमिते बनेको एमालेको आरोप छ ।

प्रतिकृया दिनुहोस