दलित मुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठ २१ र २२ गते काठमाडौंमा हुने

Dlo nepal news

काठमाडौं । नेपाल दलित मुक्ति संगठनको छैठौं राष्ट्रिय सम्मेलन आगामी २०८० जेठ २१ र २२ गते काठमाडौंमा हुने भएको छ । संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्न लागिएको हो ।

दलित मुक्ति संगठनले विहीबार जारी गरेको अन्तरसंगठन निर्देशनमा शनिबार बसेको केन्द्रिय कमिटिको बैठकले २०८० साल जेठ २१ र २२ गते छैठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्न लागिएको हो ।

‘दलित आन्दोलनको पुनगर्ठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान । दक्षिणपंथी अवसरवाद र सबैखाले विभेदका विरुद्ध छैठौ राष्ट्रिय सम्मेलन’भन्ने मुल नाराका साथ गर्न लागिएको सो सम्मेलनमा देशभरबाट झण्डै एक हजार भन्दा बढी प्रतिनिधिको सहभागीता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए ।

बैठकले आगामी जेष्ठ २१ गतेसम्म तीन महिने ‘संगठन निर्माण तथा परिचालन अभियान’ संचालन गर्ने भएको छ । यही फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीहरुको सम्मेलन गर्ने, चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, २०८० साल बैशाख मसान्तसम्म संगठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, बैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौ राष्ट्रिय सम्मेलन निर्णय गरेको हो ।

छैठौं राष्ट्रिय सम्मेलन गर्न संगठनले साविकको केन्द्रीय कमिटी लगायतका सम्पूर्ण कमिटीहरु आयोजक रुपमा कमिटीमा रूपान्तरण गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकटको दलित मुक्ति संगठनले छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि बनाएको छ । जसमा संगठनका अध्यक्ष गणेश विश्वकर्मा संयोजक रहेको ३३ सदस्य मूलव्यवस्थापन तथा परिचालन समिति गरेको छ । जसमा संगठनका सबै पदाधिकारी रहेका छन् ।

त्यसैगरी अथिति सत्कार उपसमितिको संयोजकमा रामऔतार पासवान, राजनीतिक प्रतिवेदन उपसमितिको गणेश विश्वकर्मा, विधान मस्यौदा उपसमितिको संयोजकमा कृष्ण नेपाली, साँगठनिक प्रतिवेदन उपसमितिको संयोजकमा घनश्याम रिजाल र आर्थिक प्रतिवेदन उपसमितिको संयोजक गोविन्द नेपालीलाई तोकिएको छ ।

त्यसैगरी प्रकाशन तथा प्रचारप्रसार उपसमिति संयोजक गोपाल बराइली, मञ्च व्यवस्थापन तथा साँस्कृतिक उपसमितिको संयोजकमा रणबहादुर रम्तेल, प्रतिनिधि छनोट तथा व्यवस्थापन समितिको संयोजक घनश्याम रिजाल, खाद्य तथा आवास व्यवस्थापन उपसमिको संयोजक नन्द घतानी, आर्थिक उपसमितिको संयोजक गोविन्द नेपाली, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजक प्रदीप सोवलाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...