नारी दिवसमा सहिदभुमी गाउँपालिकामा विभिन्न कार्यक्रम

Nari diwash sahidvumi dkt

धनकुटा । ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा धनकुटाको सहिदभुमि गाउपालिकाले विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लैंङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच भन्ने नाराका साथमा सहिदभुमि गाउँपालिकाले लैंङ्गिक समानता र महिला सशक्तिकरण शिर्षकमा खुल्ला महिला बक्तृत्वकला प्रतियोगिता अयोजना गरेको छ ।

५ जनाले सहभागीता जनाएको सो प्रतियोगितामा शिला राई प्रथम, रस्मिता राई दोस्रो, बन्दना राई तेस्रो र रोसिका राई, अनिसा भुजेल सन्तावना पुरस्कार प्रापत गरे । उनीहरुले क्रमश नगद ५ हजार ३ हजार र २ हजार करुवा र प्रमाणपत्र पुरुस्कार वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख प्रकृति राईले जानकारी दिइन् ।

यस्तै हाडीफोर प्रतियोगिता पबित्रा लिम्बुले जितिन् । उनले नगद ३ हजार र करुवा र प्रमाणपत्र पुरस्कार पाइन् । सोहि अवसरमा आयोजना गरिएको महिला मेचघुमाइ प्रतियोगितामा रस्मिता राई प्रथम, बन्दना राई दोस्रो र तेस्रो शोषिता राई भएका छन् । उनीहरुले नगद ३ हजार, २ हजार, १ हजारसहित करुवा र प्रमाणपत्र प्राप्त गरे ।

गाँउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, प्रशासकीय अधिकृत गुरुदत्त शर्मा, इन्जिनियर शरद पण्डित, कार्यपालिका सदस्य दिवानी राई लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक सीता पौडेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...