होलीलाई मर्यादित बनाउन प्रहरीको कडा चेकिङ, ८ हजार सुरक्षाकर्मी परिचालन

Holi checking

काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरिएको छ । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

फागु पूर्णिमाको सुरक्षाका लागि काठमाडौं उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन गरिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गरिएको जनाएको छ ।

पाँच दिनअघि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सुरक्षा जारी गरी शान्तिपूर्ण रूपमा होली खेल्न अपिल गरेको थियो । होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरूको समूहमा होली नखेल्न आग्रह गरेको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ स्थानमा चेक पोईन्ट राखेको छ । विभिन्न १९ स्थानबाट मोवाईल भ्यानले नियमित गस्ती समेत गरिरहेको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरुमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...