तुलसीपुर पुलचोकमा बुधबारदेखि श्रीमदभागवत महापुराण हुने

Puran tayari

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ वषपार्क पुलचोकमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को तयारी तिव्र पारिएको छ ।

जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुँदैछ । अहिले महापुराण सञ्चालन हुने स्थानमा सरसफाई गर्नुका साथै मञ्च बनाउने काम भइरहेको जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।

जयशिव महाकालले तुलसीपुरस्थित वष पार्कमा १२५ दिनदेखि कोही नभएका र केही नभएका भोकाहरुलाई भोजन र प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ । खासगरी केही नभएकाहरुलाई खाना खुवाउने मात्रै नभएर उनीहरुको उपचार गर्नुका साथै बस्नको लागि घर बनाउने उदेश्यले महापुराण आयोजना गरिएको जयशिव महाकाल मानवसेवा आश्रमका सचिव मगरले जानकारी दिए ।

महापुराणमा आर्थिक दानसँग्ै नच्यातिएको सफा कपडा पनि दान गर्न सकिने आयोजकले जनाएको छ । महापुरानको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल र उपवाचकमा पण्डित अंगिरा जोशी रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...