आजदेखि शुरु भयो होली, हनुमानढोकामा ठड्याइयो तीन तले चीर

Chir holi

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अवीर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व शुरु भएको मानिने बताए ।

उनले भने, ‘चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली शुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’

काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ । चाँगुनारायणमा भने लिच्छविकालदेखि नै होलीका दिन त्यहाँ रहेको राधाकृष्ण र रुक्मिणीको खट जात्रा निकालेर अबिर छर्दै चोक चोक घुमाइन्छ। चीर ठड्याउनुको पनि विशेष महत्त्व रहेको संस्कृतविद् बताउँछन् । तीनतले चीरमा झुन्ड्याइने रंगीविरंगी कपडा श्रीकृष्णले लुकाइदिएको गोपिनीहरूको सारी मानिन्छ ।

गोपिनीहरू नदीमा निर्वस्त्र नुहाइरहेको समयमा कृष्णले सबैको कपडा एउटा रूखको हाँगामा लुकाइदिन्छन् । र, आफू सोही रूखमा चढेर बाँसुरी बजाउन थाल्छन् । गोपिनीहरूले अब उप्रान्त निर्वस्त्र नुहाउन नपाइने सर्तमा ती सबै कपडा फिर्ता पाएका थिए । यसैको खुसियालीमा सांकेतिक चीर ठड्याइने गरिएको जोशी बताउँछन् ।

चीरमा झुन्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउने समेत उनी बताउँछन् । रंगीचंगी झल्लर कपडाका टुक्रा भुन्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिन्छ ।

काठमाडौंका धालासिक्वाका मानन्धरहरूले चीर ठड्याउँछन् । सोही समयमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्रा झुन्ड्याएर मयलको रूख गाडेर पूजा गरिने गरिन्छ ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको चीर पूर्णिमाको रातमा ढालिन्छ । लगत्तै चीरलाई टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ । त्यसको भोलिपल्ट वसन्त ऋतु सुरु हुन्छ । यो वर्ष होली पहाडी जिल्लामा फागुन २२ गते र तराईका जिल्लामा फागुन २३ गते मनाइँदै छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...