धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ ।

३५ वर्षीय चौधरीको आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । पिसाबमा संक्रमण देखिएपछि दुई दिन अघि उपचारका लागि धरान लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका जिल्ला सचिवसमेत रहेका चौधरी रेडियो भेडेटारका स्टेसन मेनेजर थिए भने नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष थिए ।

उनी श्री बहुउद्देश्यीय सहकारी संस्था धनकुटाका अध्यक्ष तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. धनकुटाका अध्यक्षसमेत थिए । लामो समयदेखि धनकुटामा फिल्म हलसमेत सञ्चालन गर्दै आएका चौधरीको श्रीमती तथा एक छोरा र एक छोरी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...