अनेरास्ववियुद्धारा प्रवन्ध निर्देशकको राजीनामा माग्दै जनक शिक्षा सामग्री कार्यालय घेराउ

Janak sikshya gherau aneraswabiwu

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाको राजीनामा माग गरेको छ ।

बुधबार जनक शिक्षामा कक्षा १ देखि ५ सम्मको नयाँ पाठ्यपुस्तक छपाइका लागि निजीलाई दिएको निर्णयविरुद्ध अनेरास्ववियुका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरी झाको राजीनामा माग गरेका हुन् ।

निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयविरुद्ध अनेरास्ववियूले सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको कार्यालयमा बुधबार घेराउ गरेको हो ।

उनीहरूले करिब ४५ मिनेट केन्द्रमा धर्ना दिएका थिए । जनक शिक्षा केन्द्रको गेट तोडेर भित्र जान खोजेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो । शिक्षा सामग्रीमा चरम अनियमितता भएको भन्दै प्रबन्ध निर्देशक झामाथि अनुसन्धान गरिनुपर्ने र उनले राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रको भ्रष्टाचारका कारण कमिशनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको आरोप लगाए । उनले जनक शिक्षाले नै पाठ्यपुस्तक छाप्नु पर्ने र विद्यार्थीलाई शैक्षिक सामाग्री समयमै पुर्‍याउनु पर्नेमा जोड दिएका छन् ।

अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षामन्त्री शिशिर खनालको निर्णयविरुद्ध आन्दोलन थालेको हो । यसको विरोध हुन थालेको हो । गत शुक्रबार रत्नराज्य क्याम्पससामु शिक्षामन्त्री शिशिर खनालले यो निर्णय अव्यवहारिक गरेको भन्दै उनको पुत्ला दहन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...