नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै, ११० औं स्थानमा

Nepal map

काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल ३४ अंकका साथ १ सय १० औं स्थानमा छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट भन्ने जनाउँछ । ५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिन्छ ।

सो अनुसार नेपाल पनि बढी भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको हो ।

सन् २०२२ मा विश्व बैंक, वर्लड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानेर सबैभन्दा बढी र कम भ्रष्टाचार हुने देशहरुको सूची सार्वजनिक गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जानकारी दिएकी छन् ।

वर्ष २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बन्दा सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ मा नेपालले १ सय मा ३४ अङ्क पाएको छ । गत वर्ष नेपालको अंक ३३ हुँदा १ सय १७ औं स्थान प्राप्त थियो । प्राप्त अंकमा केहि सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा हुने पाइएको छ । उसले ६८ अङ्कसहित २५ औं स्थान हासिल गरेको छ । मालदिभ्सले ४० अङ्कसहित ८५ औं, भारतले ४० अङ्क सहित ८५ औं, श्रीलङ्काले ३६ अङ्कसहित १ सय १ औं स्थान प्राप्त गरेका छन् ।

नेपालभन्दा मुनि पाकिस्तानले २७ अङ्कसहित १ सय ४० औं, बङ्गलादेशले २५ अङ्कसहित १ सय ४७ औं र अफगानिस्तानले २४ अङ्कसहित १ सय ५० औं स्थान प्राप्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...