४० केजी गाँजासहित पक्राउ परेका ५ जनाविरुद्ध अनुसन्धानका लागि म्याद थप

Gaja kheti

धनकुटा । झण्डै ४० केजी गाँजासहित पक्राउ परेका ५ जनालाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

यही शनिबार बिहान साँगुरीगढी गाउँपालिका वडा नं. १ उखुडाँडास्थित कोशी लोकमार्गमा सडक खण्डमा धनकुटा सहिदभूमीको घङ्गरुबाट धरानतर्फ जाँदै गरेको को १ ख २८३३ नं. को बसमा खानतलासी गर्दा ४० केजी जाँजा बरामद भएको थियो ।

यात्रुहरुको झोला खानतलासी गर्दा ४० केजी १ सय ग्राम गाँजासहित धनकुटा सहिदभुमी गाउँपालिका वडा नं. १ का ३२ वर्षीय सुरज राई, वडा नं. ७ का २२ वर्षीय सुरेश राई, सोही वडाका ४२ वर्षीय फत्तमान राई, चौबिसे गाउँपालिका वडा नं. ५ का २९ वर्षीय सुरेन्द्र देवान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ का ५१ वर्षीय रुद्र तामाङलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत धनकुटामा पेश गरिएको थियो । अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...