फेरि सर्‍यो सन्दीप लामिछाने मुद्दाको सुनुवाइ, पीडितका वकिलले सारे पेसी

Sandip lamichhane

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो ।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।

तर जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन् । न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो । आजै फैसला हुने सम्भावना समेत थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...