साँझदेखि मौसमी प्रणाली भित्रिदै, रातिदेखि यी प्रदेशहरुमा वर्षा हुने सम्भावना

Mausam photo

काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ ।

दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ ।

यसका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा तथा हिमपात हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा शुरु हुने श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपात हुनेछ । पश्चिमी न्युनचापिय प्रणाली विस्तारै पूर्वतर्फ सर्ने भए पनि बागमती, मधेश र प्रदेश १ मा पानी पर्ने सम्भवना कम रहेको विभागले जनाएको छ ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने राति सामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस