अझैं जहाँ कायम छ पाहुनाको सत्कारमा ‘श्रीमती सुम्पिने’ चलन

Kabila chalan

काठमाडौं । घरमा पाहुना आए स्वागत सत्कार गर्ने चलन सबैजसो समुदायमा छ । पाहुनालाई मीठामीठा खानेकुरा दिएर सत्कार गरिन्छ ।

तर नामिबियाको एक समुदायमा पाहुनालाई सत्कार गर्ने परम्परा सुन्दा पनि अचम्म लाग्ने किसिमको छ, जसले पाहुनाको सत्कारमा आफ्नी श्रीमतीलाई नै सुम्पिने गरेको छ ।

नामिबियाको उत्तरी भेगमा पर्ने ओमुसाती इलाकाका ओभाहिम्बा र ओभाजिम्बा कबिलामा रहेको संस्कृतिले पश्चिमा प्रभाव र तडकभडकलाई चुनौती दिइराखेको छ ।

कबिला समुदायमा जब कुनै पाहुना आउँछन् पुरुषले उनको स्वागत गरी खुशी जाहेर गर्न ‘ओकुजे पिसाओ मुकाजान्डु’ सत्कार गर्ने प्रस्ताव गर्छन् । यो सत्कार अनुसार ती पुरुषले आफ्नी श्रीमती एक रातका लागि ती पाहुनाको जिम्मा लगाउँछन् । आफूचाहिँ अर्कोको ठाउँमा सुत्छन् ।

यदि घरमा अर्को कोठा छैन भने उनको श्रीमान् घर बाहिरै रात बिताउँछन् । यो परम्परालाई कबिलाले घृणा, द्वेष हटाउने र मित्रता बढाउने कदमका रूपमा लिएको छ ।

कबिलाको जनसङ्ख्या लगभग ५० हजार छ। यी कबिलाका महिला गाईको दूध दुहुने, बालबालिकाको हेरचाह गर्ने तथा घरका पुरुष शिकारमा गएका वेला दैनिक कार्यमा व्यस्त रहन्छन् । ​शिकारका लागि पुरुषहरू कहिलेकाहीँ त धेरै दिन घरबाहिरै रहन्छन् । यी घुमन्ते समुदायमा धनी उही कहलिन्छ, जोसँग धेरै गाईवस्तु छन् ।

बहुविवाह प्रचलनमा रहेको ओभाहिम्बा कबिलामा हिम्बा केटीको रजस्वला सुरु भएपछि बुबाले छानेको केटासँग विवाह हुन्छ । ​हिम्बा महिलाले रातो रङ लगाएर आफ्नो शरीर रातो पारेका हुन्छन् । उनीहरूको शरीर मा लगाइएको रातो रङलाई ओट्जी भनिन्छ। नौनी, गेरु आदि मिसाएर बनाइएको रातो लेपले उनीहरूको छालालाई सूर्यको विकिरण र कीराको टोकाइबाट जोगाउँछ ।

साथै त्यसले उनीहरूको विचारमा भूमि र रगतबीचको सम्बन्धको महत्वलाई दर्शाउँछ । ती महिलाले पानीले नुहाउनुको साटो ‘धुम्रस्नान’ गर्ने तथा छालामा सुगन्धित तत्त्व लगाउने गर्छन् । कबिलामा महिलाले स्वनिर्णय लिन पाउँदैनन् । श्रीमानकाे आदेश पालना गर्नुपर्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...