यस्तो चरा, जो प्यासले तड्पिँदा समेत पिउँदैन पानी

Chestnut winged cuckoo

काठमाडौं । विश्वमा विभिन्न प्रजातिका चराहरू छन्, त्यसमा पनि धेरै प्रजातिहरू अत्यन्त दुर्लभ छन् । यीमध्ये धेरै चराहरू यस्ता छन् जो आफ्नो विशेषताका लागि विश्वभर चर्चित छन् ।
पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्त्वपूर्ण छ । केही जनावरहरू थोरै मात्रामा मात्र पानी पिएर बाँच्छन्, तर हामी सबैलाई पानी चाहिन्छ ।

यो धर्तीमा एउटा यस्तो चरा पनि छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । यो विशेष चरा तिर्खाउँछ, तर खोला वा पोखरीको पानी भने पिउँदैन । यससँगै जुनसुकै भाँडोमा पानी पिउन दिए पनि पिउँदैन ।

यो चराले कुन पानी पिउँछ भन्ने सोच्दै हुनुहुन्छ होला, किनकि पानी नपिएर कोही पनि बाँच्न सक्दैन । आउनुहोस् यो विशेष चराको नाम के हो र यसले कस्तो पानी पिउने गर्छ थाहा पाउनुहोस् ।

वास्तवमा हामीले जुन चराको कुरा गरिरहेका छौं, त्यो चराले ताल, पोखरी वा खोलाको पानी पिउँदैन । यो चराले वर्षाको पानी मात्र पिउने गर्छ । यो विशेष चराको नाम जुरे कोइली (जेकोबिन कुक्कु) हो ।

भनिन्छ, जुरे कोइलीलाई तिर्खा लागेर पानीले भरिएको तालमा फाल्दा त्यसले पानीमा चुचुरो खोल्दैन । यो चरा एसिया र अफ्रिका महादेशमा मात्र पाइन्छ ।

भनिन्छ, यो चराले धेरैजसो समय आकाशमा आफ्नो नजर राख्छ र स्वाति नक्षत्रमा पर्ने वर्षाको पानी मात्र पिउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...