अरू डिआईजी भन्दा २ वर्ष अघि सेवा प्रवेश गरेका सिपी गौतम एआईजी बन्दै !

Cp

सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलाई ३ दिने सूचना जारी गरेका थिए ।

सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । सेवा प्रवेशको हिसाबले गौतम सिनियर हुन्। अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । स्रोतका अनुसार सिनियारिटीलाई आधार मान्दा गौतम नै एआईजीमा बढुवा हुने देखिएको छ ।

गौतमले भारतको देहरादुनबाट सैनिक तालिमसमेत पूरा गरेका छन् । रसायनशास्त्रमा (एमएस्सी) गरेका उनी सशस्त्र प्रहरी बलमा रहेर विभिन्न कमाण्ड सम्हालिसकेका छन् । उपत्यका बाहिनी र सशस्त्र प्रहरी बल प्रदेश–२ को प्रमुखको जिम्मेवारी निभाएको अनुभव उनीसँग छ । गौतमसँग सुडान र पूर्वी टिमोरमा सुरक्षा प्रमुख बनेर चुनाव गराएको अनुभव छ, नेपालमा स्थानीय चुनावको मुखैमा हुने आईजीपी बढुवामा सरकारले उनको विज्ञता प्रयोग गर्न सक्छ ।

करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडेका गौतमसंग मिलिसियासँग अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव छ। दोस्रो पटक उनी २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर ‘एभाकुएसन’ भएर साइप्रस हुँदै नेपाल फर्किए। तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए।चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे।

पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको छनौटमा परि सुडानस्थित डार्फरको चिफ अफ अपरेसन भई बसे।राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगेका छन्। विदेशमा समेत चुनाव गराएको, विभिन्न देशमा पुलिसिङ्ग गरेका गौतम जत्तिको अनुभवले खारिएका अफिसर सशस्त्रले सायदै पाउँछ ।

अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आईजिपी नियुक्त हुन्छन् । आईजीपीको प्रतिस्पर्धा अन्त्य हुने हुनाले एआईजी बढुवालाई महत्वका साथ हेरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । केसीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...