मिलेन्द्र रिजाललाई प्रमुख अतिथी बनाउँदा प्रेस युनियन कर्णालीको अधिवेशन माइक खोसाखोस

Minendra rijal surkhet

सुर्खेत । प्रमुख अतिथी बनाउने विषयमा विवाद हुँदा नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ ।

बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागिता थियो । उनीहरुकै अगाडि दुई पक्षबीच माइक खोसाखोस भएको हो ।

बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा इत्तर पक्षधरका पार्षदहरु धेरै राखिएको आरोप संस्थापनकव छ । आफ्नो पक्षका पार्षदहरुको नाम काटिएको भन्दै संस्थापनले विरोध गरेको हो ।

यद्यपि अधिवेसनमा बिवाद हुनुको प्रखुख कारण भने प्रमुख अतिथीको विषय हो । संस्थापन इतर पक्षले प्रमुख अतिथिका रुपमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बोलाइएको थियो । तर संस्थापन पक्षले कुनै पनि राजनीतिक नेतृत्वमा नभएका रिजाललाई प्रमुख अतिथि बनाउन नुहुने भन्दै दुई तीन दिन अगाडीदेखि नै विरोध गर्दै आएको थियो ।

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीलाई नै प्रमुख अतिथि बनाउनुपर्ने संस्थापन पक्षको अडान थियो । तर संस्थापन इतरले त्यसो नगरेपछि पार्षदको विषयलाई उचालेर विवाद सृजना भएको सहभागीहरुले बताएका छन् ।

‘संस्थापन इतरका साथीहरुले मनमौजी रुपमा पार्षदहरु हाल्ने, फाल्ने गरेको देखियो । त्यही कुरामा विवाद हुने क्रममा हुम्लाका एक प्रतिनिधिले माइक नै चुडाइँ दिएका छन्,’ उनले भने ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...