शरद र रोशनीको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीको निष्कर्ष

Dang ghatana

दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा शव भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका–१४ वर्षीय शरद आचार्यको शव जंगलमा एकै ठाउँमा फेला परेको थियो । सुरुमा शव फेला पर्दा हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

तीन साता लगाएर गरेको अनुसन्धानले प्रहरी नयाँ तथ्यमा पुगेको हो । घटनाबारे विभिन्न चरणमा पुगेर अनुसन्धान टुंग्याएपछि प्रहरीले शरद–रोशनीको हत्या नभएर विद्युतीय धरापमा परेर मृत्यु भएका निश्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार गाउँका वासिन्दाले बँदेललाई बस्तीमा आउनबाट रोक्न थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि घटनालाई लुकाउन स्थानीय चार जनाले शरद र रोशनीको शव जंगलमा लगेर गाडेको प्रहरी स्रोतले  बतायो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले आधिकारिक रुपमा बोलेको छैन । प्रहरीले आइतबार पत्रकार सम्मेलन घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असोजको २७ गते सरद–रोशनी रातिदेखि घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका दुवै जनाको शव तीन दिनपछि जंगलमा एउटै खाडलमा गाडेको अवस्थामा फेला परेको थियो । शव फेला परेको तीन दिनपछि आफन्तले शव बुझेर एकै ठाउँमा दुवै जनाको अन्त्येष्टि गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...