हराउन थाल्यो देउसी भैलो खेल्दाको मौलिकता, युवा पुस्ता आधुनिकतामा रमाउँदै

Deusi new

म्याङ्लुङ । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार अर्थात् ‘दिपावली’ घरघरमा खेलिने देउसी भैलीको मौलिकता हराउँदै गएको छ ।

दिदिबहिनी र दाजुभाइ बीचको माया ममता, सम्बन्ध र स्नेहलाई अझैं प्रगाढ बनाउने पर्व हो तिहार । यति मात्रै होइन, देउसी भैलो, फूल, बत्ती र सेल रोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । उज्यालो चाड तिहारले हिन्दु धर्मको धेरै आयाम बोकेको छ ।

तिहारमा विशेषगरी घरघरमा पुगेर बालबालिकादेखि युवायुवतीहरु सामुहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घर धनीले दिने दान रकम लिने चलन छ । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा पछिल्लो समय मौलिकता भने हराउदै गएको छ ।

कम्मरमा मादल बोकेर भट्याउँदै मादलको तालमा देउसी खेल्ने परम्परा बिस्तारै हराउँदै गएको छ । देउसी भैलोहरुले भट्याउन र नाच्न पनि रेकर्ड गरिएका गीतहरु बजाइन्छ । यसले गर्दा पनि देउसी भैलोको मौलिकता के हो भन्ने नै आजका पुस्ताले क्रमसः बिर्सिन थालेको छथरगाउपालिका नं. ६ सुदाप दिनेश थापाले बताए ।

‘पछिल्लो समय प्रविधिको विकास र आधुनीकताको प्रवेशसँगै इन्टनरनेटको सुविधा सर्वसुलभ हुँदै जाँदा देउसी भैलोको मौलिक पक्ष ओझेलमा परेको छ’ उनले भने, ‘मौलिकपन हराउँदै गर्दा संरक्षणतर्फ ध्यान दिइएको पाइदैँन । यसलाई जोगाउन सरोकारवालाले केही न केही योजना ल्याउनैपर्छ ।’

परम्परागत र मौलिक देउसीभैलोलाई पछिल्लो समय आधुनिकताले विस्थापित गर्न थालेको छ । पछिल्लो समय पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा बढ्न थालेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको छ । मादलको तालमा भट्याउने चलन आजकल हराउँदै गएको छ ।

‘पहिले आफैँ भट्याएर परिवारलाई आशिष दिँदै देउसी भैलो खेल्दा छुट्टै रमाइलो हुन्थ्यौ । अनि हेर्नेहरुलाई पनि रमाइलो लाग्थ्यो । तर आज भोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने त गर्छन्’ लालिगुराँस नगरपालिका वडा नं. ९ की अम्बिका कार्कीले भनिन्, ‘यसले हाम्रो चाडको पहिचान होइन, विकृती फैलिँदै गइरहेको छ । केहि वर्षपछि लोक बाजा र भैलोको मोलिकता हराउने निश्चित छ यसलाई कसैले नकार्न सक्दैन ।’
पछिल्लो पुस्ताका युवाहरुले चाडपर्वका बेला समेत विदेशी गीतहरु, नाच र सँस्कृति भित्र्याउन लागेका कारण स्थानीय लोकभाका भेषभुषा र सँस्कृति ओझेलमा परेको बुढापाकाहरु बताउँछन् ।

पहिले साथीसंगी मिलेर मादल, बासुरी, झ्याली र खैजडी बोकेर आफंै भैलो गीत गाउँदै हिड्ने चलन थियो । तर अचेल अधिकांश देउसी भैली समुहहरुले हिन्दी र नेपाली चलचित्रका गीतसँगै एल्वममा राखिएका देउसी भैलो गीतहरु बजाएर नाच्ने गरेको देखिन्छ । यतिमात्रै होइन, ठुल्ठुला साउन्ड बक्सहरुमा चर्को आवाजमा हल्ला गर्दै हिडेको देखिन्छ । यसले युवा पुस्तामा मनोरञ्जन त थपेको छ । तर तिहारको विशेष महत्व हराउँदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...