भाइटीकामा रानीपोखरीस्थित बालगोपालेश्वरमा टिका लगाउनेहरुको भीड

Bal gopaleshwar tika

काठमाडौं । भाइटीकामा दिदीबहिनी तथा दाजुभाइ नहुनेको गन्तव्य बन्छ, रानीपोखरी । रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गरी यहाँ रहेका दिदीबहिनीबाट टीका लगाउने चलन छ ।

बिहीबार बिहान ५ बजे नै खुला गरेपछि सर्वसाधारण बालगोपालेश्वरको दर्शन गर्न रानीपोखरी पुगे । मन्दिरमा दर्शन गरी परिसरमा रहेका दिदीबहिनीसँग टीका ग्रहण गरे ।

दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...