एकसय सिटभन्दा कम लिएर निर्वाचनमा जान नसकिने कोइरालाको जिकिर

Shekhar koirala morang

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए ।

कोइरालाले अहिले देशको प्रतिकूल अवस्थामा रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानू परेको समेत प्रष्ट पारे । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानू परेको हो ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...