बाढीमा फसेकाहरुको उद्धार जारी, धार फेरिँदा श्रीलङ्का टप्पुबासीलाई विपत्ति

Koshi srilanka tapu

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका -८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि स्थानीयलाई उद्धार थालिएको छ । विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट उद्धार गरिरहेको छ ।

बुधबार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर पानी पसेपछि बेलका नगरपालिका २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका ६ डुबानमा परेका छन् । सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् ।

सप्तकोसी नदीले धार परिवर्तन गर्दा सुनसरीको वराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका ६ वटा वडाका वासिन्दा संकटमा परेका छन् । यो पटक धार फेरिँदा चर्चित श्रीलङ्का टप्पुबासीमाझ विपत्ति आएको छ ।

जोखिममा रहेको श्रीलङ्का टप्पुका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ । अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ ।अहिले सशस्त्र प्रहरीको टोलीले यहाँ उद्धार गरिरहेको छ ।

डुबानबाट भएको क्षतिबारे यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरिएको थियो । सप्तकोशी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्ने बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...