काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

सुनिता पाण्डे दुई दिनपछि बेलायत जाने तयारीमा थिइन्

Kavresthali muder case

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

तारकेश्वर नगरपालिका -२ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका -६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ ।
मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’

प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ । प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...