भारतमा रहेका प्रचण्डको राजनीतिक भेटवार्ता सुरु, यस्तो छ आजको कार्यसूचि

Prachanda

काठमाडौँ । तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन्। आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भने भोलि बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।

शुक्रबार भारत गएका प्रचण्ड आइतबार स्वदेश फर्कने तालिका छ । शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले लगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...