राजीनामा दिएर जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिनुभयो : प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानविनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए ।

बजेट प्रकरण छानविनमा सहयोग गर्ने भन्दै राजीनामा दिएर शर्माले नैतिकता प्रदर्शन गरेको बताए । यो राम्रो राजनीतिक संस्कारको प्रक्रिया भएको पनि उनले बताए । यसलाई कतिपयले माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने गरेको भन्दै प्रचण्डले यसलाई नयाँ तरिकाबाट लान जरुरी रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...