वामदेव गौतमद्धारा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

केन्द्रीय कमिटीमा ७५ सदस्य र १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने

Bamdev gautam

काठमाडौँ । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। सो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।

साबिक नेकपामा अन्तर्द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रूपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रतिकृया दिनुहोस