कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियानमा लाग्ने वामदेव गौतमको भनाई

Bamdev gautam

काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नका लागिनै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।

नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्‍याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...