अब फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने

Prem ale 560x280

काठमाडौँ । नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समधान गर्ने प्रतिबद्धता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जनाएका छन् । नेपाल सरकार फिल्मनगरी प्रति गम्भीर नभएको गुनासोसँगै नेपाली कलाकारले एअरपोर्टमा भीआईपी कक्षको प्रयोग गर्न नपाउने गुनासोलाई सोमबार नै सम्बोधन गर्ने मन्त्री आलेले बताएका थिए ।

नेपाल सरकारले वशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै सोही पत्रअनुसार फिल्मकर्मीका लागि भीआईपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेपछि फिल्मकर्मीले अब भीआईपी कक्षमा प्रवेश पाउनेछन् ।

चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो । चलचित्र विकास बोर्डले विभिन्न समयमा गरी अहिलेसम्म ४४ जना फिल्मकर्मीलाई योगदानको आधारमा विशिष्ट चलचित्रकर्मी परिचय बाँडेको छ । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस