सुविधामा नभुली नागरिकको काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

Prachanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई सुविधामा नभुली नागरिकको काम गर्न निर्देशन दिएका छन । आज भएको स्थानीय तहका प्रतिनिधिलाई अभूमिखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीको महाधिवेशनले पारित गरेको दस्तावेज बोकेर त्यहीअनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिए । उनले सुविधामा नभुल्न भन्दै उनले जनप्रतिनिधिहरूलाई विकास र सुसासन अभिवृद्धिमा कटिबद्ध हुन आग्रह समेत गरेका छन । 

उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माण लगायत विषय समेटिने छ । भोलि बिहीवारसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखहरू सहभागी छन । 

प्रशिक्षण कार्यक्रममा अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एकरएक पालिका प्रमुखले अनुभव सुनाउने कार्यक्रम पनि राखिएको छ । प्रदेश नम्बर १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बाग्मती नगरपालिकाका प्रमुख भरत थापा, बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्नुहुनेछ । गएको वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...