प्रमुख आयुक्त थपलियाले भने, तपाइँहरु माझ बैशाख ३० गते साँझ उपस्थित हुनेछौं भनेपछि कुरा बुझिहाल्नु भो नि !

Dinesh thapaliya

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न सबै प्रकारका तयारी लगभग अन्तिम चरणमा पुगेको स्पष्ट गरेको छ ।

तयारीका सिलसिलामा आज शुक्रबारसम्म १ करोड २८ लाख मतपत्र छापिइसकेको पनि आयोगका पदाधिकारीले केही सञ्चार माध्यमका सम्पादकहरूसँग बताए । सम्पादकहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै सबै आयुक्त एवं आयोगका सम्बन्धित विभागीय कर्मचारी सहभागी थिए ।

निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने भएको छ । मूलधारका संचारमाध्यम र मूलत: सामाजिक सञ्जालका माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न प्रेस काउन्सिलसँग र विज्ञापनका माध्यमबाट हुने उल्लंघन अनुगमनका लागि विज्ञापन बोर्डसँग सहकार्य गरिने आयोगले जानकारी दिएको छ ।
छलफलको अन्त्यमा प्रमुख आयुक्त थपलियाले ठट्यौलो शैलीमा भने- 'अब हामी एकैचोटी देशभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको सन्देश लिएर तपाइँहरु माझ बैशाख ३० गते साँझ उपस्थित हुनेछौं भनेपछि कुरा बुझि हाल्नु भो नि !'

भारतीय सीमा क्षेत्रमा रेडियो र एफएममार्फत हुने आचारसंहिता उल्लङ्घनलाई पनि नियमन गरिने आयोगले जनाएको छ । आचारसंहिता विपरीत सञ्चार सामग्रीको प्रचार प्रसार गरिएको पाइए जुन उम्मेदवारको सामग्री हो, उसैलाई जिम्मेवार बनाउने तयारी आयोगले गरेको छ ।

कार्यक्रममा अधिकांश पत्रकारले आयोगलाई नियन्त्रणमुखी नभइ सूचना सम्प्रेषणमा अग्रसर हुन आग्रह गरेका थिए । स्थानीय तहको निर्वाचनमा आयोगले १० वटा स्थानीय तहमा गोप्य निगरानी एवं अनुसन्धानका लागि टोली खटाउने भएको छ ।

यसैगरी २५ स्थानीय तहमा विशेष टोली खटाएर उम्मेदवारले गर्ने खर्चसमेत निगरानी गरिने आयोगले जनाएको छ । आयोगले दिएको जानकारी अनुसार छ वटा महानगरपालिका र चार वटा उपमहानगरपालिकामा त्यस्तो निगरानी गर्न अनुसन्धान टोली खटाइनेछ । सो कामका लागि सरकारी संस्था नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गरिनेछ ।

मुलुकभरका ११ उपमहानगरमध्ये चार वटामा त्यस्तो टोली खटाउने तयारी गरेको छ। तर तिनको छनोट हुन भने बाँकी नै छ । आयोगले सुरक्षा जोखिमको अवस्था हेरेर सुरक्षा निकायसँगको सहकार्यमा २५ वटा स्थानीय निकायमा गोप्य निगरानी पनि गर्ने भएको छ ।

यसरी खटिने अनुसन्धानकर्ताले त्यहाँ हुन सक्ने आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्ने गतिविधि र निर्वाचन सुरक्षासँग जोडिएका विषयमा आयोगलाई गोप्य रुपले रिपोर्ट गर्ने र ठाउँको ठाउँ कारबाही पनि गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...