७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Aayog

काठमाडौं । स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेको निर्वाचन आयोगले देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभर रहेका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको आयोगले जनाएको हो ।आयोगका अनुसार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

आयोगकाले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको जानकारी दिए । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु जिल्लाका लागि निर्वाचनमा अवश्यक पर्ने सामग्री पठाइएको उहाँले बताए । 

अन्य जिल्लामा पनि चाँडै निर्वाचन सामग्री पठाइने उहाँले बताए । अयोगका अनुसार वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख थान मतपत्र छपाई सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको आयोगले जनाएको छ ।

डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट निर्वाचन सामग्री पठाइने र बाँकी सबै जिल्लामा स्थलमार्गबाट सामग्री पठाइने आयोगले जनाएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...