फलोअफ : सुकौरावेशी महिला सामुदायिक वनमा दुई रुख काटिएको सव डिभिजन वन कार्यालयको दाबी

स्थानिय भन्छन – सडक बाटो छेउको रुख मात्र अनुगमन भयो

Cover news of nishannews ganesh bk

काठमाडौं । सुकौरावेशी महिला सामुदायिक वन, धादिङ्गमा व्यापक रुख कटान तथा तस्करी भएको क्षेत्रमा नीलकण्ठ सव डिभिजन कार्यालयले अनुगमन गरेको छ ।

चैत २१ गते गरिएको अनुगमनमा दुस्ली चौतारा आसपास क्षेत्रमा साल जातको रुख करिब ६० ईन्च गोलाई भएको एक थान तथा ७० ईन्च गोलाई भएको चिलाउने जातको रुख एक थान काटिएको छ, भने २० भारि दाउरा पनि भेटिएको सब डिभिजन कार्यालयले निरिक्षणपश्चात निकालिएको पत्रमा उल्लेख छ । तर, स्थानिय बासिन्दा भन्छन्, यो त खाली हावा कुरा मात्रै हो, सब डिभिजन कार्यालयले उपाध्यक्ष बुदे सुर्खेतीलाई बचाउन यस्तो सूचना जारी गरेको आरोप लगाएको छ ।

सव डिभिजन कार्यालयका कर्मचारी तथा केहि शशस्त्र प्रहरी बलको संयुक्त रुपमा निरिक्षण गरिएको थियो । निरीक्षणका क्रममा दुई रुख मात्र काटिएको सब डिभिजन कार्यालयको दाबी छ ।

स्थानिय बासिन्दाका अनुसार अनुगमन टोलिले सडकखण्डको बाटो मात्र प्रयोग गरेको दाबी छ । ‘सडक खण्डबाट हेर्दा दुई रुख मात्र काटिएको देखिएको होला, तस्करीहरुले अवस्य सडक नजिक रहेका रुख काट्दैनन, जङ्गल भित्र पसेपछि मात्र रुख काटिएको मात्रा थाहा पाउन सकिन्छ ।

सब डिभिजन कार्यालयले पनि यथार्थ रुपमा अनुगमन नगरेको, कतै सब डिभिजन कार्यालय नै तस्करीसँग मिलेको हो कि?’ स्थानिय भन्छन । 

‘डिभिजन वन कार्यालय धादिङ्गमा छानबिनका लागि निवेदन दिएको महिना दिन बित्न लाग्दा समेत यथार्थ बाहिर आउन नसक्दा घटनालाई ढाकछोप गर्न लागिएको स्थानियको आशङ्का छ ।

निवेदन दिने व्यक्तिको नाम नै सार्वजनिक गर्ने, धम्काउने जस्ता कार्यले डिभिजन वन कार्यालय, सव डिभिजन कार्यालयले तस्करी संरक्षण गरेको आरोप छ ।

डिभिजन वन कार्यालयले तस्करी गरिएको रुख नियन्त्रणमा लिन सक्नुपर्यौ । उपभोक्ता समितिका पदाधिकारीलाई सामुहिक बोलाएर घटनाबारे यथार्थ बुझ्न सक्नुपर्यो ।’ स्थानिय भन्छन । बाहिर हल्ला एउटा चलेको छ । वन तस्करीमा लागेका उपाध्यक्ष बुदे सुर्खेती सुर्कौरी वन उपभोक्ता समितिको विधान नै संसोधन गरेर तस्करलाई वैधानिक दिने हुन कि भनेर हल्ला पनि चलेको स्थानिय एक बताउँछन ।

नेपाल सरकारले साल जातको रुख काट्न मनाही गरेको छ, तर स्थानिय सुजन पोखरेलको घरमा साल जातकै काठ प्रयोग भईरहेको स्थानिय बताउँछन, वनबाट नै तस्करी गरिएको काठ प्रयोग भएको आसङ्का छ ।

यदी वन डिभिजन कार्यालय र सव डिभिजन कार्यालयले सत्यतथ्य बाहिर नल्याए वन तथा वातावरण मन्त्रालयसम्म जाने एक जना स्थानियले निशान न्युज डटकमलाई बताएको छ।

 निशान न्युज डटकम निरन्तर फलोअफमा छ : सम्पादक

याे पनि पढ्नुहाेस्

सुकौराबेसि महिला सामुदायिक वन धादिङ्गमा व्यापक अनियमितता, उपाध्यक्ष सुर्खेतीकाे संगलनता

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...