सुकौराबेसि महिला सामुदायिक वन धादिङ्गमा व्यापक अनियमितता, उपाध्यक्ष सुर्खेतीकाे संगलनता

Budaaa news

काठमाडौं । करिब ४ बर्षदेखि सुकौराबेसि महिला सामुदायिक बनमा व्यापक अनियमिता भएको छ । जथाभावि रुपमा वन फडानी गर्दै काठ विक्री वितरण गरिएको पाइएको छ ।
 
उपभोक्ता समितिमा आवश्यक छलफल नगरी, माइनुट नगरी, समितिका सदस्यहरुको सहमति बिना अनगिन्ती रुखहरु बेचिएको हाे ।
सुकौराबेसी बन उपभोक्ता समितिका सदस्यहरुले जिल्ला बन कार्यालय धादिङ्गमा छानबिनका लागि निवेदन दिएपछि घटना सार्वजनिक भयाे ।

सातमुले मन्दिर निर्माण गर्ने भन्दै सालको काठ फडानी गरी तस्करी गरेपछि सदस्यहरुले जिल्ला बन कार्यालय धादिङ्गमा निवेदन दिएका थिए । सदस्यहरुले मिति २०७८÷११÷२६ गते निवेदन दर्ता गराएका थिए ।
 
उक्त निवेदनमा लेखिएको छ, सुकौराबेशी महिला सामुदायिक बन उपभोक्ता समितिलाई केहि जानकारी बिना, समितिको निर्णय बिना, कुनै छलफल नगरी सालको अनगिन्ति रुख काटिएको छ उक्त काठ एकलौटि रुपमा काट्न आदेश दिने बुदे सुर्खेती, रामनाथ अधिकारी, बिष्णु प्रसाद पोखरेल र सुजन पोखरेललाई छानबिन गरी कारवाहि गर्न समितिले दिएको निवेदनमा उल्लेख छ । बुदे सुर्खेती सुकौरावेशी महिला समुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष पनि हुन् ।
 
निशान न्युजलाई प्राप्त प्रमाण अनुसार समितिका उपाध्यक्ष सुर्खेतीले नै सालको काठ फडानी गर्न आदेश दिएका थिए ।
 
उक्त प्रमाण निशान न्युजसंग सुरक्षित छ । उपाध्यक्ष सुर्खेतीमाथि काठ तस्करको आरोप लागेकोबारे बुझ्न खोज्दा आफुलाइ केही जानकारी नभएको बताए ।

‘फागुन १९ गते सामुदायिक वनको आयव्ययबारे छलफल गर्ने भन्दै बैठक डाकिएको थियो, विविध कारणले उक्त बैठकमा कुनै पनि बिषयमा छलफल नगरी बैठक सारिएको थियो ।
 
त्यसको केहि दिनपछि नै ४ जनाको मिलेमतोमा मन्दिर निर्माण गर्ने भन्दै काठ तस्करी भएको उपभोक्ता समितिका एक सदस्यले निशान न्युजसँग टेलिफोनमा कुरा गर्दै भने’, समितीका अध्क्षय तथा अन्य सदस्यलाई जानकारी नदिई राता रात वन फडानी गरेर काठ विक्री वितरण गरेको पनि आरोप लगाए ।
 
यो बिषयमा छानबिनका लागि जिल्ला बन कार्यालय धादिङ्गमा निवेदन दिएपनि बन कार्यालय धादिङ्गले चासो नदेखाएको बन उपभोक्ता समितीका एक सदस्यले बताए ।

यहि सन्दर्भमा जिल्ला वन कार्यालय धादिङ्गका सूचना अधिकृत लोकनाथ लम्सालसँग कुरा गर्दा छानबिनका लागि निलकण्ठ नगरपालिका सब डिभिजन कार्यालय धादिङ्गमा पठाएको भन्दै काठ तस्करीको बचाउमा लागे । सब डिभिनज कार्यालय धादिङ्गबाट छानबिनबारे कुनै सूचना नै अहिलेसम्म नआएको भन्दै यसबारे सबडिभिजन कार्यालयमा बुझ्न भन्दै पन्छिए ।

निलकण्ठ नगरपालिका सव डिभिजन कार्यालयका इन्चार्ज प्रदिप नाथ शर्मासँग बुझ्दा जिल्ला वन कार्यालय धादिङ्गबाट फागुन ३० गते छानबिनका लागि सिफारिस आएको बताए ।
 
सब डिभिजन कार्यालयले छानबिनका लागि टोलि खटाइसकेको तर आजसम्म रिपोर्टि नआएको बताए । मंगलबार सम्म रिर्पोट आएपछि सन्चालन समितिलाई समेत बोलाएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निशान न्युज डटकम निरन्तर फलोअफमा छ ।

प्रतिकृया दिनुहोस