धार्मिकस्थलमा चहलपहल बढ्यो : तातोपानीमा आउन थाले बिरामी

Tatopani kunda

गलेश्वर। म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीको चहलपहल बढेको हो । त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका– ४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् ।

कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो । म्याग्दीको गलेश्वर शिवालय धाममा लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयोे ।

गलेश्वरमा सोमबार र शनिबार करिब दुई सयजना भक्तजन पूजा गर्न मन्दिरमा आएको उहाँले बताउनुभयो । भक्तजनको चहलपहल बढेसँगै कोरोना कहरले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेका छन् । प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम, महारानी थान, बेनी शिवालय, स्थानीय मठ मन्दिरलगायतका धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलमा चहलपहल बढेको छ । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको कोषका कार्यालय सचिव बानियाँले बताउनुभयो ।

त्यसैगरी, मालिका धुरी, गाजने लगायतका ठाउँमा घुम्न आउने धार्मिक पर्यटकको चहलपहल बढेको छ । धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेको होटल व्यवसाय सञ्चालन गर्नुभएका डम्मर घर्तीले बताउनुभयो ।

लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्नेगरी मन्दिर खुला गरेपछि भक्तजनको भीड बढेको बगरफाँटस्थित दुर्गाभगवती मन्दिर व्यवस्थापन समितिका सचिव दीपक घिमिरेले बताउनुभयो ।

मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो । ओमिक्रोन सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो ।

यसैगरी, म्याग्दीका पर्यटकीय तथा ऐतिहासिकस्थलमा पनि फागुनको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम बेनी बजारमा पनि फागुन लागेसँगै व्यापार व्यवसायका साथै चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो ।

तर फागुनदेखि सङ्क्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...