पर्यटक आगमनमा सुखद सुरूवात, जनवरीमा भित्रिए करिब १७ हजार

Thumb (1)

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को सुरुवाती महिनामै नेपाल भित्रने पर्यटकको सङ्ख्या उल्लेख्य सुधार आएको छ ।

अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार वर्षको पहिलो महिना अर्थात् जनवरीमा मात्रै १६ हजार ९७५ पर्यटक नेपाल आएका छन् ।

कोभिड–१९ महामारीको तेस्रो लहर उचाइमा रहेको अवस्थामा पनि अघिल्लो जनवरीको तुलनामा ९० प्रतिशतभन्दा बढी पर्यटक नेपाल आएका हुन् । गत जनवरीमा आठ हजार ८७४ पर्यटक नेपाल भित्रिएका थिए ।

भारत, संयुक्त राज्य अमेरिका, बेलायतजस्ता देशबाट गत वर्षको तुलनामा धेरै पर्यटक आएको तथ्याङ्कले देखाउँछ । भारतबाट जनवरीमा सबैभन्दा धेरै तीन हजार ९१६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो जनवरीको तुलनामा केही कम भए पनि कुनै एउटा देशबाट नेपाल भित्रनेमा भने सर्वाधिक हो ।

त्यसपछि संयुक्त राज्य अमेरिकाबाट तीन हजार २५७ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो जनवरीमा अमेरिकाबाट ८७४ जना आएकामा यस वर्ष त्यहाँबाट नेपाल आउने पर्यटकमा व्यापक सुधार देखिएको हो । त्यसपछि बेलायतबाट एक हजार ८२४ जना नेपाल आएको तथ्याङ्कले देखाउँछ । अघिल्लो जनवरीमा बेलायतबाट १३६ पर्यटक नेपाल आएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...