कांग्रेस महाधिवेसन : आज सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

Mat ganana 4

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ ।

१३ पदाधिकारीसहित १ सय ३२ पदका लागि मंसिर २७ गते निर्वाचन भएको थियो । सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत नआएपछि भोलिपल्ट पुनः मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनलगत्तै मत गणना गरी नतिजा सार्वजनिक भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको क्रमशः मतगणना शुरु गरिएको थियो ।

मतगणना कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आज बिहीबारसम्म सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने जानकारी दिए । उनका अनुसार मत गणना गर्न बाँकी केन्द्रीय सदस्यतर्फ खसरआर्य, आदिवासीरजनजाति र दलिततर्फको मतगणना अन्तिम चरणमा पुगिसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासीरजनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एकरएक जना हुने व्यवस्था छ ।

विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्नेछ । विधानमा केन्द्रीय सदस्य खुलामा ३५ जना र महिला खुलामा ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने व्यवस्था छ । जसमध्ये प्रदेश २ को खुलातर्फ दुई जना सदस्य निर्विरोध भएका थिए ।

प्रदेश केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासीरजनजाति कोटामा सात महिलासहित १५ जना, खसरआर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यकरअपांग कोटाबाट दुईजना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।

कांग्रेसको विधानमा सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने उल्लेख छ ।

र यो पनि ...

दलिततर्फ केन्द्रीय सदस्यमा ९ मध्ये ७ जना नयाँ अनुहारले मारे बाजी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...