कांग्रेसका सारथी : दलिततर्फ केन्द्रीय सदस्यमा ९ मध्ये ७ जना नयाँ अनुहारले मारे बाजी

Dalit leader nc copy

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यमा अधिकांस नयाँ अनुहार आएका छन् ।

बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्य निर्वाचित हुँदा नयाँ अनुहारले कब्जा जमाएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मीकी निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...