माओवादी प्रदेश १ मा अध्यक्षमा मिक्सोले मारे बाजी, सचिवमा गणेश उप्रेती विजयी

Maoist province 1

विराटनगर । लामो समयको रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पदाधिकारी चयन भएका छन् ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।

बुधबार भएको मतदान प्रक्रियाबाट अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।

तीनजना उपाध्यक्षमा क्रमसः देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ ले (१११) मत ल्याउँदै विजयी भएका छन् । एक जना सचिवमा भने गणेश उप्रेती (सुशील) विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

माओवादी प्रदेश १ ले ७ बजे मतदानबाट पदाधिकारी छान्ने

 

प्रतिकृया दिनुहोस