माओवादी प्रदेश १ ले ७ बजे मतदानबाट पदाधिकारी छान्ने

Mao prov 1

विराटनगर । पदाधिकारी चयनका लागि नेकपा माओवादी केन्द्र प्रदेश १ को पनि निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ ।

विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । ९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।

प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए ।

माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस