सानै उमेरमा अश्लील सामग्री हेर्दा ‘दुःस्वप्न र पछि तीतो यौन अनुभव’

Bili sex

काठमाडौं । गायिका बिली आइलिशले ११ वर्षको उमेरदेखि “दुर्व्यवहारपूर्ण” पोर्न सामग्रीसँग साक्षात्कार हुँदा आफूले भोगेको दुरवस्थाबारे बोलेकी छन्। सिरिअसएक्सएम रेडिओमा बोल्दै १९ वर्षीया गायिकाले अश्लील सामग्रीबारे सम्झिँदा आफू “ध्वस्त” भएको महसुस हुने बताएकी छन् ।

आइलिशका अनुसार त्यो अनुभवका कारण उनले यौन सम्पर्क राख्न थालेदेखि “नराम्रा कुरालाई पनि नाइँ” भन्न सकिनन्। “यसको कारण के हो भने त्यसतिर म आकर्षित हुनुपर्छ भन्ने मलाई लाग्यो,” ग्र्यामी अवार्ड विजेता गायिकाले भनिन्।

अहिले २० वर्ष पुग्न लागेकी आइलिशले आफ्नो किशोरावस्थाको अधिकांश समय सार्वजनिक व्यक्तित्वका रूपमा व्यतीत गरिन्। उनी ठूला लुगा लगाउने गायिकाका रूपमा चिनिइन् र उमेर बढ्दै जाँदा राम्री बन्नुपर्ने बाध्यता र यौनिक वस्तुका रूपमा प्रस्तुत गरिएको विषयमा नियमित रूपमा बोलिन् ।

उनको एल्बम ‘ह्यापीअर द्‌यान एभर’को ‘मेल फ्यान्टसी’ नामक गीतबारे सोधिएको प्रश्नको उत्तर दिँदा अश्लील सामग्रीको कुरा आएको थियो। अन्तर्वार्ताकार हावर्ड स्टर्नलाई उनले पोर्न “अपमानजनक” भएको बताउँदै आफूले बढ्दो उमेरमा “हिंसक” र “दुर्व्यवहारपूर्ण” सामग्री हेरेका बताएकी थिइन्।

आइलिशले अश्लील सामग्रीमा महिलाको शरीर र यौन अनुभवलाई देखाइने तरिकाको आलोचना गरिन् । “यो किन नराम्रो कुरा हो भन्ने मैले बुझिनँ… मलाई लाग्यो कि यो यौन सम्पर्कबारे सिक्ने कुरा हो,” उनले किन अश्लील सामग्री हेरेँ भन्नेबारे भनिन् ।

आइलिशले आमालाई अश्लील सामग्री हेरेको सुनाउँदा उनी तर्सिएको पनि बताइन्। गीतकार-गायिका आइलिशले किशोरावस्थामा त्यस्तो सामग्री हेरेकै कारण आफ्नो बुद्धि “बिग्रिएको” र दुःस्वप्नले सताएको बताइन् ।

आइलिशले त्यस्ता सामग्रीको खास समस्या भनेको तिनले यौनका बेला “सहमति” सहित के कुरा सामान्य हो भन्ने कुरालाई बङ्ग्याएर बुझाउँछन्।  यूनिसेफजस्ता बालकल्याणका क्षेत्रमा काम गर्ने विज्ञहरूले कलिलो उमेरमा अश्लील सामग्री हानिकारक हुने बताउने गरेका छन् ।

उनीहरूले दुर्व्यवहार र अन्य असामान्य यौन क्रियाकलाप देखाइएका अश्लील सामग्रीले त्यस्ता कुरा सामान्य हो भन्ने भान पार्नुका साथै बालबालिकाको मानसिक स्वास्थ्य कमजोर बनाउँछन् ।

आइलिशले सार्वजनिक जीवन भएका व्यक्तिको प्रेम सम्बन्ध र खोप लगाए पनि कोभिड सङ्क्रमण भएको अवस्थाका बारेमा पनि अन्तर्वार्तामा बताएकी छन्। “म मरिनँ र म मर्नेवाला थिइनँ तर यसले मैले कति दुःख पाएँ भन्ने कुरालाई कम गर्दैन। यो भयानक थियो,” उनले कोभिडका कारण आफूलाई लगभग दुई महिना गाह्रो भएको बताउँदै भनिन् । बीबीसीबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...