जब पहिलो पटक डेट गर्न आएका ब्वाइफ्रेण्डको बोल्दाबोल्दै निस्कियो दाँत

Dating 26

काठमाडौं । डेटिङको बेला एक प्रेमिकासँग कुराकानीका क्रममा अनौठो घटना घटेको छ । कुराकानी गरिरहेका प्रेमी–प्रेमिका पहिले अनलाइनमा भेट भएका थिए । पछि उनीहरु डेटिङमा गए तर उक्त समयमा प्रेमीका अवस्था देखेर प्रेमिका तनावमा परिन् । उनले उक्त कुरा सामाजिक सञ्जालमा हालेकी छन् । प्रेमिकाका अनुसार डेटिङका बेला ती व्यक्तिको खाना खाने क्रममा दाँत निस्किएको थियो ।

अमेरिकाको इन्डियानामा बसोबास गर्ने एमीजले टिकटकमा एक भिडियो सेयर गरिन् । भिडियोमा एमीजले आफू एक अपरिचित व्यक्तिका साथ डेटमा गएको बताउँदै ती व्यक्तिको दाँत खाना खाने बेला बाहिर निस्किएको उल्लेख गरिन् । त्यति मात्र नभएर फर्किने क्रममा कारमा उक्त व्यक्तिले गरेको क्रियाकलापले ती युवतीको होस् उड्यो । उक्त व्यक्तिसँग युवतीले कहिल्यै पनि भेट गरिनन् ।

एमीजका अनुसार ती व्यक्तिसँग भेट सामाजिक सञ्जालमा भयो । कुराकानी शुरु भयो र उनलाई डेटका लागि उक्त व्यक्तिबाट अफर गरियो । एमीज तयार भइन् ।

फेरि ती व्यक्ति आफ्नो गाडी बिग्रिएको नाटक गरे र आफूले उनलाई लिन आउन नपाएको बताए । एमीज आफैं ती व्यक्ति भएको स्थानमा सजिएर गइन् । यसरी उनीहरु ढिला पुग्दा उनीहरुले अर्डर गरेको डिनर छुट्न पुग्यो । फेरि त्यो व्यक्तिले आफ्नो घरका लागि आवश्यक सामान किन्ने भन्न थाल्यो । एमीजको कारमा नै उ सपिङका लागि गयो ।

सपिङ पछि एमीजले उक्त व्यक्तिका साथ डिनर गर्न पुगिन् । डिनरका बेला अचानक ती व्यक्तिको दाँत बाहिर निस्कियो । यो देखेर एमीजको होस् उड्यो । उनी हत्तपत्त उक्त व्यक्तिबाट छुटकारा पाउन घर पर्किइन् ।

बाटोमा ती व्यक्तिको पेट खराब भयो । उनले गाडीमा ग्यास छोडेर एमीजलाई अर्को हैरानी दिए । त्यसपछि उनले ती व्यक्तिलाई कहिल्यै भेटिनन् । उनी ती व्यक्तिको चंगुलबाट मुक्त भइन् । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...