पत्नीको गुनासोपछि श्रीमानले बनाए ३ सय ६० डिग्री घुम्ने घर

Ghumne ghar

काठमाडौं । पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमानले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक शहर नजिकैको एक मैदानमा छ ।

‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौं र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइसकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनें । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौं ।’

अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रुप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’

नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफुले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइँन । त्यसैले आफैं केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

Fulpati.dasai

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित...